—–अग्निज्वाला सम्वाददाता—–

२०७६ चैत्र,२६ गते बुधवार

मान ब.बिश्ववकर्मा|कालिकोट-जिल्लाकाे रास्काेट नगरपालिकाले स्थापना गरेकाे राहत काेषामा साेहि नगरपालिका वडा नं 6 निवासि 70 वर्षिय वृद्व पृथ्वीबहादुर वमले 40 हजार एक सय रकम काेषामा जम्मा गरेका छन । विश्वभरि फैलिएकाे काेराेना भाईरस काेभिड (19) लाई नियन्त्रण तथा राेकथामा सरकारले गरेकाे लकडाउनले अतिगरिब,दैनिक ज्यालादारि गरिखाने समुदाय लाई ठुलाे समस्या लाई मध्यनजर गरि नगरपालिकाले स्थापना गरेकाे 50 लाखकाे राहत काेषमा मनकारि वृद्व वमले, व्यक्तिगत रूपमा सहयाेग गरेका हुन

। राहतकाे लागि चेक हस्तान्तरण गदै वृद्व वमले, अाफु संग धेरै पैसा भएकाे सहयाेग गरेकाे हैन, लकडाउकाे मारमा परि ठुलाे विपतकाे पिडामा परेकाअति विपन्न र दैनिक काम नगरि खान नपुग्ने मजदुरकाे लागि थाेरै भएपनि उनिहरूकाे अालाे घाउमा मलम पर्टि लागाएकाे हुँ । हुन त म 70 वर्ष पुगिसके, अस्ताउन लागेकाे डाँडा मुनिकाे वेललाई रातिकाे अंध्याराेकाे के वास्ता, तर, याे धर्तिमा रहिरहेकाे वेला, देशमा ठुलाे संकट अाईलागेकाे भाेग्दा र देख्दा सानाे भएपनि सहयाेग गर्ने मन लाग्याे ।, उनले भने, भृतिमनले गरेकाे सहयाेगले गरिव जनाताले भाेकाे पेट भर्ने विश्वास लिएकाे छु । सहयाेग गरेकाे चेक वुझ्दै रास्काेट नगरपालिका प्रमुख काशिचन्द वरालले, वुढेसकालमा दिन खाईसकेका वृद्व पृथ्वी वमकाे सहयाेग सवैभन्दा ठुलाे भएकाे प्रशंसा गर्नु भयाे । उहाले, नगरपालिकाले स्थापना गरेकाे राहत काेषमा सवैकाे सहयाेग रहने बताए । उनले मनकारि वृद्व वमलाई धन्यवाद पनि दिए ।