विश्वभरि महामारिको रुपमा फैलिएको कोरोना भाइरस ( कोभिड १९) लाई कालिकोट जिल्लामा कोहि पनि यसको संक्रमणमा नपरोस भनेर यसको रोकथाम तथा नियन्त्रणका लागि कालिकोट जिल्लाका ९ वटै स्थानिय तहहरु तिव्र रुपमा खटीरहेका छन । जिल्ला समन्वय समिति, स्वास्थ्य सेवा कार्यालय कालिकोट, विभिन्न गैह्र सरकारी संस्थाहरु कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा जुटिरहेका छन । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा खटिने स्वास्थ्यकर्मी लगायत यूवाहरुलाई कालिकोट जिल्लामा पोसाक लगायत आबश्यक सामाग्रीको अभाव रहेको र जिल्लाको पलाँता गाउँपालिकाले गाउँपालिका भित्र कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि खटिने स्वास्थ्यकर्मी र स्वयंसेवकलाई पोसाक वितरण गरेको छ ।कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि पालिकामा रहेका ५६ जना स्वास्थ्यकर्मीलाई सेतो पोसाक र १ सय जना स्वयंसेवकलाई निलो पोसाक वितरण गरि सुरक्षित तरिकाले टोलटोलमा गएर सरसफाई , जनचेतनामुलक कार्यक्रम र नागरिकहरुको समस्यामा साथ दिनका लागि पोसाक वितरण गरिय संगै सुरक्षाकर्मी र स्वयंसेवकहरुले प्रतेक वडा टोलमा गएर सरसफाई, कोरोना भाइरस सर्ने तरिका यसका लक्षणहरु, कोरोना भाइरसवाट बच्ने उपाएका वारेमा जनचेतना जोगाउने गरेका छन ।

पालिकाले बिहीबार गाउँपालिका भित्रका सबै स्वास्थ्यकर्मी र बिकास निर्माण दल लाई जम्मा एक सय थान पि.पि.इ.सेट हस्तान्तरण सम्पुर्ण सामार्गी हस्तान्त्रण गर्दै स्वास्थ्य चौकी खीनका इन्चार्ज बिज्ञान बुढाले यस संक्रमण बाट बचाउन पहिले स्वास्थ्यकर्मीको ठुलो भुमिका रहने भएको भन्दै आफुलाई सामाग्री प्रदान गरिएको बताउनुभयो । उहाँले कुनै पनि युद्धमा आफु हतियार बिहिन मैदान उत्रदा हारिने कुरा बताउँदै स्वास्थ्यकर्मीहरु लाई सुरक्षितको लागि हतियार दिएको बताउनु भयको थियो । यसै बिषयमा झुटो जनप्रतिनिधि लाई पि पि इ सेट भनेर फेसबुकका भित्राहरु तात्तीन थालेका छन । फेसबुक स्टाटस हरुमा बिभिन्न झुटा आरोप लगाईरहेको गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बम पलाँति कान्छाको भनाइरहेको छ । यसै बिच अध्यक्ष बमले थप्नु भयो आफु लाई झुटा आरोप लगाईएता पनि गा. पा को सम्पुण जिम्मा पलाँता सरकारको भयको भन्दै पलाँता बासीका लागी आफु पछी नहटीकाम गर्ने र पलाँता सरकारले तृब गतिमा लागीरहेको बताउदै जिम्मेवारि समालेको छु तिमी भन्ने ठाउँमा छौ भन म सुन्ने ठाउँमा छु गलत भन सुनेर डिलिट गर्छु सहि भन सच्याएर कार्यनयन गर्छु । यी यस्ता झुटा आरोपले अझै जोस जागर दीने र आफुले गरेको कामको पुरा बिबरण जन्ताले बुजेको बताउनु भयो । गाउँ पालिकाले सम्पुर्ण खाध्यन्न सामार्गीको गोदामहरु भरीसकेको सम्पुर्ण खाध्य सामार्गी घर घरमा पुयाउन पलाँता निर्माण दल संगै वएलकम यातायात पलाँताले घर घरमा पु¥याउने हुदा तपाइ घरमै बसी पलाँता लाई सयोग गर्न आर्गह समेत गर्नुभयो ।