२०७६,चैत्र २४ सोमबार

—-अग्निज्वाला सम्वाददाता—-

मान ब. बिश्वकर्मा|कालिकोट-खाँडाचक्र नगरपालिका वडासमिति –८ का सभापति सन्तोसजंंग मल्ल, सोही वडाका जनप्रतिनिधि कृष्णवहादुर मल्ल, स्वास्थ्य कर्मचारी दुर्ग विक, विद्युत पर्या्धिकरणका कर्मचारी हरी नेपालीले लकडाउन उलंघन गरेका छन । नेपाल सरकारले लकडाउनको समयमा भेला,भोजभतेर नगर्ने भनिरहेकोवेला काग्रेस वडा सभापती मल्ल,जनप्रतिनिधि,र कर्मचारीसहित ३०÷४० जनाको टाली भेला भएर लेखतिर गएर बनभोज गरेका हुन । बिश्वभर कोरोना भाइरसको सन्त्रास फैलिएको समयमा जनप्रतिनिधि, स्वस्थ्यका कर्मचारी,प्रतिपक्ष काग्रसका सभापति जस्तो मान्छे जन सेवाको काम छोडेर सारा ठुलो जमात गरेर भोजमा मोज गरिरहेको स्थानीयले नाम नवताउने सर्तमा जानकारी गरए ।

“कोरोना फैलिएको भन्छन कर्मचारी दलका मान्छे भनेर हुलकाहुल दादागिरी गदै हिड्छन केहि भनेमा कुट्न आउछन”–उनले थपे । उसोत नेपाली कंग्रेसले रास्कोट,खााडाचक्र लगाएतका स्थानमा मास्क वितरण गर्ने नाममा लकडाउनको उलंघन गरिरहेको स्थानियको गुनासो रहेको छ । यस्तै देबताले कोरोना भगाउछ भन्दै जिल्लाका विभिन्न स्थानमा नेपाल सरकारको लकबडाउन उलंघन भइरहेको छ ।सान्नी त्रिवेणी लुइयांटा,शुभकालिका,खााडाचक्र,रास्कोट,तिलागुफा लगाएतका ठाउमा देवतको पुजा गर्ने भन्दै धेरैजना जमात हुने गरेको पाइएको छ । साथै गाउँमा लकडाउनको बेला ठुलो जमात हुने जुवा तास खेल्ने,भोज भतेर गर्ने काम चलिरहेका खवरहरु पनि प्राप्त भएका छन । यसका वारेमा कालिकोटका प्रहरी प्रमुख डिएसपी श्यामवावु ओलियाले गाउमा कुनैपनि बाहनामा सरकारको लकडाउन उलंघन गरेको पाइए कार्वाही गरिने वताए ।