२०७६ चैत्र,२२ शनिवार

मान ब.बिश्ववकर्मा-कालिकोट|नेपाल सरकारले एक प्रदेश बाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीयतह बाट अर्को स्थानीयतहमा आवतजावत लाई कडाई गर्ने भएको छ। अनावस्यक आवतजावत लाई सरकारले रोकेको हो। कोरोना भाइरस नियन्त्रणको लागि । स्वास्थ्यकर्मी लाई पूर्ण सुरक्षाको प्रत्याभुति दिनइने निर्णय सरकारले गरेको हो। शनिबारसम्म ९ जनामा कोरोना संक्रमण देखिएको छ। पहिलो पटक धनगढीको स्थानीयतहमा एक जनामा भाइरस सरेसँगै संक्रमणको दोस्रो चरण सुरु भएको छ। सरकारले चैत ११ गतेदेखि लकडाउन गरेको थियो। चैत फेरी सरकारले लकडाउन थप गरेर चैत २५ गतेसम्म कायम गरेको छ। एसै बिच पलाता गाउँ पालिका अध्यक्ष लक्ष्मण बहादुर बम पलाती कान्छाले फेस्बुक मार्फत भोलि देखि पलाँता प्रबेश निषेध हुदा जहाँ हुनुहुन्छ त्यतै बस्न समेत अनुरोध गर्नुभएको छ।

यस्तै पालिका बाहिर साथै कैलाली बाट गाउँमा आउनेले भाईरस बोकेर आएका हुन सक्ने हुदा उनिहरुको नजिक , नजिको बस्ति र टोल खत्रा हुन सक्ने हुदा एक टोलबाट अर्को टोल नजान आग्रह गर्नुभयको छ ।राष्ट्रिय गैरसरकारी संस्था महासंघ द्वारा कोरोना भाइरसका कारण देश लकडाउनमा गएको बेला ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्ने पलाता बासी मजदुर तथा निमुखाहरू लाई राहत वितरण लागि खाधान्न को कमि हुन नदिने समेत अध्यक्ष बमले बताउनु भयो। उहाले थप्नु भयो खाद्यान्न को कुनै चिन्ता नलिन आग्रह गरेको छ । खाद्यान्न को सम्पूर्ण जिम्मेवार गाउँ पालिकाले लिने जानकारी गराउनु भयको छ । एक टोलबाट अर्को टोटमा गए जिम्मेवार त्यहि ब्याक्ति हुनु पर्ने त्यस को जिम्मा पलाता सरकार नलिने समेत बताउनु भयो । स्वास्थ्यकर्मी ले अपनाउनु पर्ने साबधानि , समाग्रिको उचित प्रयोग र पूरा गर्नु पर्ने जिम्मेवारी प्रति डा भोजराज बमको उपस्थिति पालिका भित्रका सम्पूर्ण स्वास्थ्य सस्थाका ईन्चार्ज र जनप्रतिनिधि बिच छलफल गरिएको समेत गाउँ पालिका अध्यक्ष बमले जानकारी दिनुभयो ।।