२०७६ चैत्र,२२शनिवार

कालिकोट|जिल्लाको शान्नि त्रिवेणि गाउँपालिकाको जाकुटा र चुल्ठि सामुदायिक वनमा ठुलो मरिमाणमा काठ तस्कर भइरहेको पाइएको छ । मुलक लकडाउनको अवस्थामा रहेको मौका छोपि गाउँपालिकाका चुल्ठि र जाकुटामा अवैधरुपमा रुख फडानि गरि काठहरु चिरान गरि अर्को स्थानिय तहमा काठ तस्कर भइरहेको डिभिजन वन कार्यालय कालिकोटले जानकारि दिएको छ ।जिल्ला वन कार्यालय कालिकोटका रेन्ज र दिपराज संज्याल र गाउँपालिकाको सामुदायिक वन उपभोत्ता समितिका टोलिहरुले विषेश सुचनाको आधारमा सो साुमदायिक वनको अनुगमन गर्दा अवैध रुपमा सयौँ रुखहरु फडानि गरेर रास्कोट नगरपालिका लगायतका स्थानिय तहमा सप्लार्यस गरिरहेको रेन्जर संज्यालले जानकारि दिए । उनका अनुसार लकडाउनको मौका छोपि चुल्ठि र जाकुरा क्षेत्रमा सायाँै रुखहरु काटेर वन फडानि गरिरहेको बताए । लकडाउनको आज १२ औँ दिन सम्म तस्करहरुले भित्रभित्रै वन पुरै रित्याई सकेका रैछन , हामीलाई थाहा भएन , अहिले चुल्ठि सामुदायिक वनमा एक सय देखि दुई सयसम्म रुखहरु काटिएका छन ।

केहि काठहरु तस्करले अन्तै तारिसकेका छन भने, केहि काठमात्र चिरान गरिएको ठाउँमा भेटिएका छाँै । यतिमात्र हौइन ढोकन्ना सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष करविरे केशिले अवैधरुपमा अरुलाई पनि चर्को मुल्यमा पुर्जिदिएर पैसा असुलेको पाइएको छ, उनका अनुसार, अहिले सम्म काठको पुर्जि दिने अधिकार डिभिजन वन कार्यालयलाई छ , अरुकुनै स्थानिय तह र समितिहरुलाई छैन । तर, सामुदायिक वनका समितिहरु लाई पुर्जिदिने अधिकार छैन । लकडाउनको समय सकिएपछि तत्काल काठ तस्कर गर्ने तस्करलाई डिभिजन वन र उपभोक्ता समितिले जानकारि पाएको हुनाले कलडाउन पछि मात्र आवश्यक कारवाहि थाल्ने जानकारि दिए ।


यसको विषयमा गाउँपालिका अध्यक्ष डम्वर बहादुर शाहीले आफुहरु यतिवेला माहामारिको संकट सामाना गर्नमा व्यस्त छौँ । लकडाउनको समय सकिएपछि लगतै यो विषयमा छानविन गरि, कार्वाहि थाल्ने बताए । यस विषयमा गाउँपालिको गम्भिर ध्यानाकर्षण भइरहेको छ ,‘मुलक ठुलो समस्यामा परिहेको मौका छोपि गाउँपालिकाको सम्पति रित्याउने गिरोहलाई कानुन वमोजिम कार्वाहि गर्ने बताए । उनले हामिहरु संग पनि काठको पुर्जिदिने अधिकार छैन , कसरि सामुदायीक वन उपभोक्ता समितिलाई कोले पुर्जिदिने अधिकार दियो ।, जल जंगल र जडिवुढिले सम्वृद्ध गाउँपालिका मा यसरि ठुलो परिमाणमा अवैध रुपमा गैरकानुनि रुपमा वनफडानि गर्नेलाई काुनुन वोमोझिम कार्वाहि गर्ने बताए ।