२०७६ चैत्र,२१ गते शुक्रबार

मान ब. बिश्ववकर्माकालिकोट:उद्योग बाणिज्य संघले विभिन्न संघ संस्था र व्यापारीलाई आज मास्क वितरण गरेको छ । एक व्यापारी एक मास्क भन्ने नारासहित उद्योग बाणिज्य संघले मास्क वितरण गरेको हो ।विश्वभरी फैलिएको कोरोना भाईरस कोभिड (१९) बाट बच्नका लागि व्यापारी सहित संघ संस्था सरकारी कार्यालयहरुमा गइ मास्क वितरण गरेको उद्योग बाणिज्य संघ कालीकोटका अध्यक्ष रतनबहादुर शाहीले बताए । उनले भने, ‘विश्वभरी कोरोना भाईरस फैलिएको छ यसको संक्रमण कालीकोटमा फैलिन नदिनका लागि मास्क वितरण गरेका र्हौ ।

उद्योग बाणिज्यसंघले कालीकोट जिल्लामा रहेका ५ वटा एफ.एम रेडियोमा कार्यरत पत्रकार, जिल्ला कारागार, सशस्त्र, रणशुर गुल्म, मान्ममा व्यवसाय गर्ने व्यापारी लगायतलाई मास्क वितरण गरेको उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष तिलबहादुर शाहीले बताए । उनले भने, अहिले विशेष गरि कोरोनाको उच्च जोखिममा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र संचारकर्मी भएकाले संचारकर्मीको सुरक्षाका लागि प्रत्येक रेडियोमा पुगेर मास्क दिएका छौ ।मास्क वितरणमा उद्योग बाणिज्य संघका महासचिव रंगलाल देवकोटाले मान्ममा व्यवसाय गर्ने एक व्यापारी एक मास्क समेत वितरण गरेको बताए ।।