२०७६,चैत्र,२१ गथे शुक्रबार

प्रेस संगठनका केन्द्रिय सदस्य तथा ईन्सेक प्रतिनिधि कालीवहादुर मल्लले जन्मदिनमा खर्च गरिने रकमवाट कालीकोटको मान्ममा वस्दै आएका वादी समुदायलाई खाद्यन्न वितरण गरेका हुन।विश्वमा महामारीको रुपलिएको कोरोनाका कारण सरकारले लकडाउन गरेपछी प्रत्येक दिन मजदुरी गरेर जिवन निर्वाह गर्ने १२ घरपरिवार लाई पत्रकार मल्लले खाद्यन्न दिएपछी राहतको महशुस भएको छ।कोरोनाले मुलुक पुरै लकडाउन भएको समयमा मेरो जन्म दिन परेछ जन्म दिनमा साथीभाईलाई भिडभाड गरेर फजुल खर्च गर्नु भन्दा उक्त रकमवाट थोरै भएपनी विपन्न परिवारलाई सहयोग गर्ने ईच्छा जागेपछी १२ घर परिवारलाइई १३(१३ किलो चामल १(१ किलो दाल र तरकारी वितरण गरेको पत्रकार मल्लले वताए।

यसरी विपन्न परिवारलाई खाद्यन्न सहयोग गर्न पाएकोमा म आज धेरै खुसि छु मल्लले भने आजै मल्लको पहलमा स्वास्थ्य कर्मिलाई लिएर वादी समुदायका सम्पुर्ण सदस्यको स्वास्थ्य जाच गरिएको र सवैको अवस्था सामान्य भएको स्वास्थ्यकर्मी दिपक शाहीले वताए उनका अनुसार उनिहरुको घरपरिवारलाई ज्वरो नाप्नको लागी थर्ममिटर समेत उपलव्ध गराईएको छ।उता खाद्यन्न पाएपछी वादी समुदायका घरपरिवार अत्यन्तै खुसि भएका छन्। काम वन्द भएपछी ३ दिन देखी एक छाके खाना खादैआएका थियौ आज मल्लले चामल,दाल र तरकारी दिएकोमा हामी खुसि भएका छौ काशिला वादिले भनिन् हामीलाई धेरै अफ्टेरो छ सवैजसो घरपरिवार गिट्ठी कुटेर पेट पाल्ने र्गछौ हाम्रो जागीर पेशा जे भने पनी यही हो यो लकडाउन कहिले खोलला अनी हामी काम गर्नजान पाउला त्यसैको पर्खाईमा छौ उनले थपिन्। खाद्यन्न वितरणमा प्रेस संगठन कालीकोटका अध्यक्ष भरतराज विष्ट,संगठनका सचिवालय सदस्य विश्वनाथ योगी,पत्रकार महासंघ कालीकोटका उपाध्यक्ष नमराज योगी र स्वास्थ्यकर्मि दिपक शाहीको उपस्थिति रहेको थियो ।।