मान ब. बिश्ववकर्मा|कालिकोट-जिल्ला पलाँतागाउँपालिका अत्यन्तै दुर्गम गाउँपालिका हो । यस गाउँ पालिकामा साबिकका धौलागोह खिन र थिर्पु मिलेर बनेको गाउँपालिका र यस गाउँ पालिका लाई तत्कालिन जिल्ला बिकास समितिले सुख्खा गाउँ पालिका घोषणा गरेको गाउँपालिका हो । यहाँका बिरामीहरु लाई डोको काटेर बोक्ने बाध्यता थियो । अहीले भने स्थानिय सरकार आय संगै तिन ठाउँमा स्वास्थ्य चौकी र ६ वटा इकाई स्वास्थ्य र स्वास्थ्य साखा पलाँता रहेको पलाँता गाउँपालिका स्वास्थ्य साखा पलाँताले जनाएको छ । यस साखाले पलाँता २ स्वास्थ्य चौकी धौलागोहमा बिहीबार बिभिन्न स्वास्थ्य सामार्गी सम्पुर्ण स्वास्थ्य सस्थाका स्वास्थ्यकर्मीहरु लागि सुरक्षा कवज पि पि इ १०० सेट ३० फाइल सेनिटाइजर, सबै स्वास्थ्यकर्मिको लागि पि पि इ, सेनिटाइजर र ग्लोब्स बितरण गरेको र माक्स ५०० पिस त्यसैगरी बिभिन्न स्वास्थ्य सामार्गी बितरण गरीएको पन्ध्र सैया प्रमुख बिनोद कुमार न्यौपानेले बताउनु भयो । कोरोना रोगको संक्रमणबाट बच्नका लागि तीव्र ढंगबाट लागेको छ । देशभर कोरोना भाइरस (कोभिड –१९) को संक्रमणको सन्त्रास फैलिरहेको बेला स्वास्थ्कर्मी र बिकास निर्माण दलका लागि पि.पि.इ.लगायतका अत्यावश्यक स्वास्थ्य सामाग्री पालिकाले बिहीबार हस्तान्तरण गरेको हो ।

कोरोनाविरुद्ध चेतना जगाउने अभियान नै चलाएको पालिकाले बिहीबार पनि गाउँपालिका भित्रका सबै स्वास्थ्यकर्मी र बिकास निर्माण दल लाई जम्मा एक सय थान पि.पि.इ.सेट हस्तान्तरण गरेको गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बम पलाँती कान्छाले जानकारी दिनुभयो । सरसफाइको कमीले किटाणुबाट हुन सक्ने विभिन्न किसिमका रोगबाट बच्नका लागि स्वास्थ्य सामाग्री वितरण संगै गाउँपालिकाको गाउँगाउँमा सरसफाई गराई पालिका भित्र किटाणु र लाम खुट्टेबाट हुने विभिन्न रोगको नियन्त्रणका लागि बिषादी छर्ने काम सुरु गरीने स्वास्थ्य साखा प्रमुख हीमाल संज्यालले बताउनु भयो । कोरोना भाइरसबाट बच्न यस अघि गाउँपालिकाले बिभिन्न वार्डहरुमा मास्क, साबुन बितरण, साबुन पानीले हात धुने अभियान संचालन गरेको थियो । पालिका भित्रका ९ वटै वार्डमा साबुन बितरण गरी समुदायका मानिसहरुलाई साबुन पानीले हात धुने तरिका समेत सिकाइएको उहाँले जानकारी दिनुभयो । यसका साथै कोरोना सचेतना सहितका अडियो सामाग्रीहरु पनि केही टोलहरुमा माइकिङ गरी टोलटोलमा बिकास निमार्ण दल पुगीरहेको थप्नु भयो । सम्पुर्ण सामार्गी हस्तान्त्रण गर्दै स्वास्थ्य चौकी खीनका इन्चार्ज बिज्ञान बुढाले यस संक्रमण बाट बचाउन पहिले स्वास्थ्यकर्मीको ठुलो भुमिका रहने भएको भन्दै आफुलाई सामाग्री प्रदान गरिएको बताउनुभयो । उहाँले कुनै पनि युद्धमा आफु हतियार बिहिन मैदान उत्रदा हारिने कुरा बताउँदै स्वास्थ्यकर्मीहरु लाई सुरक्षितको लागि हतियार दिएको बताउनुभयो ।।