२०७६,चैत्र,२० गते बिहीवार

By-नमराज न्याैपाने पलाँता कालिकोट|हाल सम्म नेपालमा पाँचजना कोरोना संक्रमित बिरामी भेटिएका छन् । ती सबै विदेशबाट आएका व्यक्ति हुन् । हालसम्म नेपालमै रहेका व्यक्तिमा कोरोना संक्रमण देखिएको छैन । त्यसैकारण सरकारले भारत तथा अन्य देशबाट आउने नेपाली तथा विदेशीमाथि निगरानी बढाएको छ । छिमेकी देश भारतमा कोरोना संक्रमण महामारीको रुप लिँदै गर्दा नेपाल पनि खतरामा रहेको छ । खुल्ला सीमाका कारण भारतीयहरु नेपाल छिर्ने सम्भावना धेरै रहेका हुनाले सरकारले निगरानी बढाएको छ । यहाँसम्म कि भारतबाट आउने नेपालीलाई पनि छिर्न दिइएको छैन । कोही आइहालेपनि उसलाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राख्ने काम पनि भइरहेको छ । यसमा स्थानीय तहलाई विशेष रुपमा निगरानी राख्न निर्देशन दिइएको छ । खासगरि भारत बाट बढी नेपालीहरु आउने गरेकाले त्यहाँ निगरानी कडा पारिएको छ । सम्बन्धित स्थानीय तहले दैनिक रुपमा भारतबाट आउनेको खोजिनीति गरिरहेका छ । यसैगरी स्थानीय तहले क्वारेन्टाइन पनि बनाइसकेका छ । विदेशबाट आउने शंकास्पद व्यक्तिलाई त्यही क्वारेन्टाइनमा राख्ने गरिएको पलाँता गाउँपालिकाका अध्यक्ष लक्ष्मण बहादुर बम पलाँतीकान्छाले बताउनुभयो । उहाले आफ्नो गाउँपालिकामा २० वेडको क्वारेन्टाइन बनाइएको भन्दै भारतबाट आउनेहरुलाई कम्तीमा सात दिन त्यहाँ राखेर उपचार गर्ने गरिएको बताए ।

हालसम्म भारतबाटबाट आएका ४ जना क्वारेन्टाइनमै रहेको उहाले बताए । आफूले सार्वजनिक रुपमै अपिल पनि गरेको र फोन नम्बरहरु पनि दिएको बताउँदै उहाले भन्नुभयो, ‘विदेशबाट आउनेबारे थाहा पाउने वित्तिकै जो कोहीलाई पनि जानकारी गराउन आग्रह गरेको छु । त्यसका लागि फोन नम्बरहरु पनि दिइएको छ । वडा अध्यक्षहरु, स्थानीय नेताहरु पनि आफै पनि त्यसका लागि खटिनु भएको छ । वडाका वडाअध्यक्ष र सचिवहरु विदेशहरुबाट आउनेमाथि निगरानी बढाइएको उनले बताए । उनले भने, ‘दैनिक रुपमा खोज्ने काम भइरहेको छ । पचालझरना गाउँपालिकाका अध्यक्ष खडक राज सेजुवालले पनि कडा निगरानी बढाइएको बताए । गाउँपालिकाका इलाका प्रहरीले बोर्डरमै गस्ती गर्ने गरेका छन् । उनीहरुले कोही नेपाली भारतबाट पचलझरना छिर्ने बित्तिकै नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राख्ने नीति अख्तियार गरेका छन् । त्यसका लागि सो गाउँपालिकाले क्वारेन्टाइन बनाएर राखको छ । तर, गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बिरेन्द्र संज्यालले क्वारेन्टाइन बनाएको भएपनि हालसम्म एकजनालाई पनि क्वारेन्टाइनमा राख्नु नपरेको बताए ।।