मान ब. बिश्वकर्मा||कालिकोट-
बिश्वमा महमारीको रुपमा फैलियको नोभेल कोभिड १९ (कोरना भाइरस) रोकथाम तथा नियन्त्रणका औषधि सामाग्रि आज स्वास्थ्य कार्यालय कालिकोटमा पुगेको छ । कर्णाली प्रदेश सरकारले प्रत्येक जिल्लामा कोरोना नियन्त्रण तथा रोकथाम औषधि सामाग्रिको अभाव हुन नदिने उद्धेश्यका साथ स्वास्थ्य सेवा निर्देशनालय खरिद तथा आपुर्ति शाखाका प्रमुख धमेन्द्र न्यौपानेको नेतृत्वमा रहेको टोलि मार्फत ओषधि सामाग्रि पठायको न्यौपानेले बताए यो कोरोना भाइरसले यतिवेला बिश्वलाई नै त्रसित र भयवित बनायको बेला ग्रामिण क्षेत्रमा बसोबास गर्ने नागरिकहरुमा पनि यसको निक्कै सन्तरास फैलियको छ । आफनो ज्यानलाई हत्केलामा राखेर नागरिकहरुको उपचारका लागि सयौं स्वास्थ्यकर्मिहरु जिल्लाका बिभिन्न क्षेत्रमा परिचालित गरियको बेला कर्णाली प्रदेश सरकारले केहि मात्रामा उपलब्ध गरायको ओषधि सामाग्रिले राहत हुने जनस्वास्थ्य अधिकृत तथा सुचना अधिकारि कटक महतले बताए ।

जिल्लालमा पुगेको कोरोना नियन्त्रण रोकथाम सामाग्रिमा आइ. आर. थर्मामिटर १ थान, मास्क ३ हजार पिपिइ सेट ५२ थान, एन ९५ मास्क २५ थान, १ हजार सर्जिकल पञ्जा रहेका छन् । यी औषधि सामाग्रि स्वास्थ्य सेवा कार्यालय कालीकोटमा मात्र रहने भयकाले जिल्लाका प्रत्येक स्थानिय तहमा यस्तै कोरना नियन्त्रण रोकथाम औषधि तथा सामाग्रि हुनु पर्ने निमित्त स्वास्थ्य सेवा ब्यबश्थापक डा. भिष्म प्रसाद पोखे्रलले बताए । कालिकोट  जिल्लाका ९ वटै स्थानिय तहमा अहिले ७३ वटा स्थानमा ६४७ वटा क्षमताको क्वारेन्टाइन बेडको स्थापना गरियको छ । हाल सम्ममा ७ जना महिला १ सय ६ जना पुरुस गरि जम्मा १ सय १३ जना लाई राखियको छ भने आज मात्रै २५ जना भारतबाट आयका मानिसलाई राखियको बताउदै ५२ जनालाई घर पठाइयको बताइएको छ ।।