लकडाउन भएकाे ६ दिनपछि सरकारले धुमधामसंग प्रचार गरेर ल्याएकाे काेराेना विरूद्धकाे सामानमा भ्रष्टाचार भएकाे अभियाेग लागेकाे छ।शनिवार चीनमा सामान लिन गएकाे नेपाल एयरलायन्सकाे विमान आइतवार विहान नेपाल फर्केकाे थियाे।यस विमानले २२ टन सामान लिएर नेपाल फर्कने भनेपछि खासमा यसले १२ टन मात्र सामान लिएर फर्केकाे छ।

सरकारले भने प्रशस्त सामान लिएर फर्केकाे भनेर हर्ष प्रकट गरेकाे छ।यस विमानले ल्याएकाे सामान अाइतवार सरकारलाइ वुझाइएकाे छ।अब याे सामान सात वटै प्रान्तमा पुरयाइनेछ।

तर,यसभन्दा पहिला नै यसमा प्रशस्त भ्रष्टाचार भएकाे अभियाेग भने लागिसकेकेा छ।चीनबाट ल्याइएकाे सामानमा भ्रष्टाचार भयाे भनेर नेपालमा चर्चा भइरहेकाे बेलामा चीनमा डेढ दशकदेखि चीनमा नै ब्यापार गरेर बसेका ब्यापारीले सामान खरिदमा भ्रष्टाचार भएकाे अंक सहित उल्लेख गरेका छन।नविन नाम गरेका ब्यापारीले लेखेका छन-काेराेना टेष्ट गर्ने पिसिअार किटमा मात्र १४ कराेड ? चश्मामा मात्र १५ कराेड ? गाउनमा मात्र ११ कराेड ?

उनले यसरी गम्भीर सवाल खडा गरिदिएका छन कि अब काेराेना विरूद्ध भन्दा पनि भ्रष्टाचार विरद्ध लडनुपर्ने देखिन्छ।