कालिकोट||जिल्लाको सान्नि त्रिवेणी गाउापालिकाका अध्यक्ष डम्बर बहादुर शाही ( डिवि) ले गाउँपालिकाका विभिन्न स्थलमा रहेका क्वारेन्टाइनको अनुगमन गर्नुभएको छ । नोवेल कोरोना भाइरस ( कोभिड १९) को संक्रमणवाट बच्नका लागि बनाइएका क्वारेनटाइन स्थलको अध्यक्ष शाहीले अनुगमन गर्नुभएको हो ।भारत वाट सान्नि त्रिवेणी गाउँपालिकामा आएका ३९ जनालाई क्वारेन्टाइनमा राखिएको छ भने उनिहरु बसेको क्वारेन्टाइनको गाउँपालिका अध्यक्ष शाहीले अनुगमन गर्नुभएको हो । विहिवार देखि लुयाँटाको विद्याज्योती माविमा १८ जनालाई राखिएको छ । त्यस्तै कालिका मावि डाँडाखेतमा १४ जना डाँफे मावि मुम्रमा ७ जनालाई क्वारेन्टाइनमा राखिएको गाउँपालिका अध्यक्ष शाहीले बताउनु भयो ।उहाँले ती क्वारेन्टाइनमा राखिएका ब्यक्तिहरुलाई घेटघाट उनिहरुको सान्तवना दिन र सम्झाउन का लागि अनुगमन गरेको बताउनु भयो ।।

उहाँले क्वारेन्टाइनमा वसेकाहरुलाई कुनै पनि कुराको अभाव नहुन दिनका गाउँपालिकाले सबै प्रक्रीया पुरा गरेको र उनिहरुको अवस्था र आवश्यकतालाई बुज्नका लागि सबै क्वारेन्टाइन स्थलको अनुगमन प्रक्रीया थालेको शाहीले बताउनु भयो ।भारत वाट आएका ब्यक्तिहरुलाई १४ दिन सम्म परिवार वाट टाढा राखेर ब्वारेन्टाइनमा राखिएको र उनिहरुलाई गास, वास, कपास र सरसफाईको सबै ब्यबस्था गाउँपालिकाले गरेको शाहीले बताउनु भयो । उहाँले गाउँपालिकामा अहिले भारत वाट आउनेको संख्या घटेको पहिले आएकाहरुलाई क्वारेन्टाइनमा राखेर पनि बाह्र तेह्र दिन पुगिसकेको बताउनु भयो । गाउँपालिकाका स्कुलहरुका क्वारेन्टाइनको ब्यबस्था मिलाइएको र आबश्यकता अनुसार थप गर्दै लैजाने र क्वारेन्टाइनमा बस्नेहरुका लागि गास वास कपासको ब्यबस्था गाउँपालिकाले गरेको अध्यक्ष शाहीले बताउनु भयो।

उहाँले कोरोना रागेवाट बचाउनका लागि गाउँपालिका भरि सावुन वितरण गरिएको र सावुन पानिले हात धुने तरिकावारे स्वास्थ्यकर्मी मार्फत सिकाउने अभियान पनि तिव्र पारेको अध्यक्ष शाहीको भनाई छ । उहाँले भन्नुभयो, कोरोना रोकथामका लागि सान्नि त्रिवेणी गाउँपालिका रात दिन नभनि लागिपरेको छ । नागरिकहरुलाई कोरोनाको त्रासमा पार्न नदिनका लागि आफुले घरदैलो अभियान सँगै नागरिक भेटघाट र जनचेतना कार्यक्रमलाई पनि तिव्रता दिएको छु ।।