twitter sharing button
sharethis sharing buttonकाठमाडौं- धनगढीमा एक युवालाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या चार पुगेको छ। संक्रमित व्यक्ति सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

उनी हालै दुबईबाट फर्किएका ३४ वर्षका नेपाली पुरूष हुन्।  उनी ११ चैतमा अस्पतालमा भर्ना भएका थिए।

यसअघि यूएईबाट आएका धादिङका युवक र फ्रान्सबाट आएकी काठमाडौंकी युवतीमा कोरोना संक्रमण पुष्टि भएको थियो। उनीहरु दुबै जना टेकु अस्पतालमा उपचाररत छन्।

त्यसअघि चीनबाट आएका एक युवामा कोरोना संक्रमणको पुष्टि भए पनि उनी उपचारपछि निको भएर घर फर्किसकेका छन् ।