"> कोरोनाको संक्रमण देखिएकि किशोरी संगै जहाजमा रहेका बाँकेका चारजनाको खोजी हुँदै – www.agnijwala.com
Breaking News: कोरोना उपचारका लागि सरकारले तोकेका अस्पताल र फोन नम्बर / नेपाल-भारत सीमा पूर्ण रुपले बन्द गर्न विप्लवको चेतावनी / अब स्वास्थ्यकर्मीलाई सुरक्षा सामग्री र सुरक्षाकर्मी दुबै / मन्त्रिपरिषद बैठक : लकडाउनलाई अझ कडा, एउटै स्थानीय तहमा बस्नुपर्ने / कैलालीमा कोरोनाका २ जना नयाँ संक्रमित फेला- कोरोनाको संख्या ९ पुग्यो / नेकपाभित्र तीव्र असन्तुष्टि, सचिवालय बैठक डाक्न माग / नेकपाकै पत्रकार नेताविच भनाभन,अेाली निकट पत्रकारले भने-प्रचण्डलाइ नेता मान्दिन / बाबुरामको कडा टिप्पणी: पौडेल, गोकुल र भानुभक्त चोखिए भन्दैं जनताले छोड्ने छैनन् / सरकारलाई नै फसाउने ओम्नी समुहको ५ करोड धरौटी जफत,नेताका छोरा दलाल / अन्ततः ट्रम्प सी जिन पिङ संग झुके ,टेलिफोन वार्तामा के कुराकानी भयो ? / कोरोना भाइरसले समाजमा ल्याएका ५ राम्रा परिवर्तन /

कोरोनाको संक्रमण देखिएकि किशोरी संगै जहाजमा रहेका बाँकेका चारजनाको खोजी हुँदै

कोरोनाको संक्रमण देखिएको भनिएकी १९ वर्षीया किशोरी चढेको जहाजमा बाँकेका समेत चार जना रहेको खुलेको छ ।गत चैत्र ४ गते फ्रान्सबाट कतार हुँदै आएको जहाजमा रहेकी किशोरीलाई कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरिसकेको छ ।

त्यही जहाजमा बाँकेका चार जना समेत रहेको र उनीहरुलाई खोजेर क्वारेन्टाइनमा राख्न बाँकेमा पत्र आइपुगेको बताइएको छ ।

चारै जनाको नाम र नागरिकता नम्बर खुलाएर पठाइएको छ । ठेगाना खुलाइएको छैन । ठेगाना नखुल्दा अब नागरिकता नम्बरको आधारमा उनीहरुको खोजतलास गर्ने तयारी भएको छ । उनीहरुलाई खोजेर केही दिन क्वारेन्टाइनमा राख्न निर्देशन आए बमोजिम प्रहरी त्यसतर्फ अघि बढेको छ ।

बाँके प्रहरी प्रवक्ता डीएसपी शिवबहादुर सिंहले पत्र आएको पुष्टि गर्दै उनीहरुको खोजी गरि केही दिन सुरक्षित ठाउँमा राखिने तैयारी भएको बताए ।

चैत ४ गते दोहाबाट आएका १५८ जना यात्रु लिएर आएको हवाई जहाजमा १२५ जना नेपाली रहेको जनाइएको छ । देशका विभिन्न क्षेत्रका उनीहरुको खोजी गरी स्वास्थ्य परीक्षण र क्वारेन्टाइनमा राख्ने तैयारी भइरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *