काठमाडौं । कोरोना संक्रमणको जोखिममा परेको भारतबाट विगत १५ दिनमा एक लाख जना नेपाल भित्रिएपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) गम्भीरतापूर्वक लिन नेपाललाई सुझाव दिएको छ । भारतसंग खुल्ला सिमाना कारण नेपाल कोरोनाको उच्च जोखिममा रहेको छ। चीनमा कोरोना देखिएलगतै नेपाललाई उच्च जोखिममा रहेको बताउँदै आएको विश्व स्वास्थ्य संगठनले नेपाललार्ई भारतबाट कोरोनाको जोखिम रहेको बताएको छ ।

विश्व स्वास्थ्य संगठनले तत्काल नेपाल भारत सीमा बन्द गर्न नेपाल सरकारलाई सुझाव दिएको छ । नेपालले पनि भारतसँगको सीमा नाका बन्द गर्ने प्रस्ताव भारतलाई पठाएको थियो । तर भारतले कुनैपनि निर्णय नदिएपछि नेपाल थप जोखिममा परेको छ । कोरोना संक्रमणका कारण भारतमा हताहतीको बढ्दै गएको छ भने संक्रमितको संख्या पनि दैनिक बढ्दै गएको छ ।

कोरोना रोकथामका लागि डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस अधानोम नेतृत्वमा बनेको न्युक्लिसय टीमले पत्रकार सम्मेलन गरी भारतसँगका सीमा तत्काल बन्द गर्न सुझाइएको हो। नाकाबाट आउनेहरुको स्वास्थ्य परीक्षण गरी १४ दिनसम्म क्वारेन्टाइनमा राख्न सुझाव दिएको छ ।