काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक केही बेरमा सुरु हुँदैछ। प्रधानमन्त्री निवास बालुवाटारमा सुरु हुन लागेको सचिवालय बैठकका कोरोनाको प्रभावले कुर्सीहरु टाढाटाढा राखिएका छन।

यसअघि प्रधानमन्त्री ओली र प्रचण्ड नजिकै बस्दै आएका थिए। र बामदेबले मात्र मास्क लगाउने गरेका थिए। तर आजको बैठकमा अध्यक्षद्वयका कुर्सीहरु पनि टाढाटाढा राखिएका छन्। यसैगरी, बैठकमा सहभागी सबै सदस्यले मास्क अनिवार्य रुपमा लगाउनु पर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

आजको बैठकमा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने विषय, एमसीसी सम्झौता र कोरोनाको विषयमा छलफल हुने जनाइएको छ।