सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमबीच शुक्रबार छलफल भएको छ ।

छलफलमा तीनै जना नेताले पार्टीको निर्णय कार्यान्वयन गर्ने निष्कर्षमा पुगेका छन् ।

दाहाल निवास खुमलटारमा तीन नेताका बीचमा पछिल्लो राजनीतिक अवस्थाको बारेमा छलफल भएको बताइएको छ । नेपाल र गौतमले दाहाललाई भेट्न खुमलटार पुगेका हुन् ।

उनीहरूबीच पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको दाहालको सचिवालयले जनाएको छ ।