बैंक अफ काठमाण्डू लिमिटेडले ‘बि ओ के सफलता मुद्दती खाता’ सार्वजनिक गरेको छ । “सफलता मुद्दती खाताबाटै पूर्ण सुरक्षा” भन्ने मुलनाराका साथ सार्वजनिक गरिएको उक्त खातामा ग्राहक हरुले ११ लाख सम्मको बीमा सुबिधा सहित सर्वोच्च वार्षिक ९.७५% ब्याजदरको सुबिधाको उपयोग गर्न सक्ने बैंकले जनाएको छ ।

उक्त मुद्दती खाता २५,००० हजार रुपैयाँ देखि खोल्न सकिने र ग्राहकहरुले उक्त खाता खोली बीमा लगायत थुप्रै सुबिधाहरुको उच्चतम लाभ लिई ढुक्क हुने बिश्वास बैंकले लिएको छ ।

साथै, बीमा सुबिधा अन्र्तगत दुर्घटनाबाट मृत्यु वा पूर्ण अशक्तताका भए ५ लाख, १८ घातक रोगहरु लागेको खण्डमा ५ लाख तथा औषधी उपचारको लागि १ लाखको बीमा सुबिधा अन्र्तगत बहिरंग ओ पि डिको लागि २०,००० हजार रुपैयाँ तथा अस्पताल भर्ना भई उपचार गर्दा ८०,००० हजार रुपैयाँ सम्मको बिमा सुबिधाको उपयोग गर्न सकिने छ ।

बिमा सुबिधा बैंकले सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको सहकार्यमा उपलब्ध गराएको छ । जस अन्र्तगत बीमा शुल्क बैंकले सिद्धार्थ इन्स्योरेन्स लिमिटेडलाई भुक्तानी गर्नेछ ।
हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।