काठमाडौं । सुनको भाउले नेपाली बजारमा मंगलबार नयाँ रेकर्ड कायम गरेको छ । छापावाल सुन प्रतितोला ८२ हजार ७ सय पुगेको छ । तेजाबी प्रतितोला ८२ हजार ४ सय तोकिएकोसुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार र आइतबार छापावाल ८२ हजार ५ र तेजाबी ८२ हजार २ सय तोकिएको थियो ।

एक सातामा ४ हजार ७ सय रुपैयाँले सुन महँगिएको छ । फागुन १९ मा प्रतितोला ७८ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यसअघि फागुन १२ मा ८० हजार ३ सयको रेकर्ड बनाएर सुनको भाउ ओर्लिएको थियो ।

चाँदी भने मंगलबार प्रतितोला ८ सय ८० रुपैयाँ झरेको छ । यसअघि तोलाको ८ सय ९० रुपैयाँ थियो ।