मान बहादुर बिश्वकर्मा-कालिकोट उधोग बाँणिज्य संघको अठारौं चुनावी मैदानमा व्यापारी रतवहादुर शाही होमिनु भएको छ । कालिकोट जिल्ला व्यापार व्यावसायका लागि निक्कै उत्तम भूगोल भएतापनि यहाँका व्यापारीहरु आफ्नो व्यावसाय मार्फत आफ्नो र कालिकोट जिल्लाको आर्थिक समृद्धिमा योगदान दिन नसकिरहेको तितो यथार्थ रहेकोले आफू प्रतिवद्धताकासाँ अगाडी आएको वताउनु भएको हो।

जिल्लाका व्यापारी उद्योगिको अधिकारका लागि उधोग वाणिज्य संघको भवन निर्माण सम्पन्न गर्ने,व्यापारीहरुले कर कारोबार लगाएतका लागि विगत लामो समयदेखि झेल्दै आएको समस्या अन्त्य गर्ने,जिल्लाका व्यापारीहरुको हितमा नरहेको रिटोलिङ बन्द गर्ने, मदिरा कारोबार सञ्चालनका लागि व्यापारीहरुले त्रसित भैरहने स्थिति अन्त्य गर्ने प्रतिवद्धता जनाइएको छ।।