मान ब. बिश्ववकर्मा कालिकोट|जिल्लाको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बमले युवाको सहभागिता बिना समाज रुपान्तरणको परिकल्पना पनि गर्न नसकिने बताउनु भएको छ । नेपाल युवा परिषद कालिकोटको पहिलो भेला उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष बमले सामाज बिकासमा युवा सहभागितको हुनु पर्ने बताउनु भएको हो ।

कार्यक्रमको प्रमुख अतिथि समेत रहेका अध्यक्ष बमले समाज रुपान्तरणमा लाग्ने अभियान्ताले पनि स्यंम संगठित हुनुपुर्ब रुपान्तरण हुने प्रतिबद्धता गर्न आबश्यक रहेको बताउनु भयो ।
बमले भन्नु भयो, नेपालका धेरै जसो युद्ध देखि बिभिन्न परिबतर्न युवाहरुको योजना तथा योगदानमानै भएको हो । राज्यले युवाहरुलाई युद्ध तथा बिभिन्न किसिमका बल प्रयोग हुने काममा प्रयोग गर्नु मात्र नभई जुन सुकै परिबर्तनकारि, उपलब्धि मुलक कार्यको जिम्मा दिन समेत भनाई राख्नु भएको थियोे ।
नेपाल युवा परिषदले दिएको सरकुलर अनुसार आज कालिकोट मान्ममा उक्त कार्यक्रम आयोजना गरिएको हो । ममता अधिकारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रदेश युवा परिषदको संयोजक ईन्द्रजित सुनारको बिशेष अतिथ्यता रहेको थियो ।