काठमाडौं । कोरोना भाइरसको त्रास बढेपछि एभरेस्ट प्रिमियर लिग रोकिएको छ । यसपटकको प्रतियोगिता यही मार्च १४ देखि २८ सम्म हुने तय भएको थियो । परिस्थिति अनुकूल बनेपछि नयाँ सेड्युल निकालिने ईपीएल प्रालिले विज्ञप्तिमार्फत जनाएको छ ।