By Agnijwala. Com -February 25, 2020

लोक तथा दोहोरी गायिका पिमसरा आलेमगर र गायक सन्दिप लोहनीको स्वरमा रहेकाे `बुलाकी नाकैमा´ बाेलकाे लाेक दाेहाेरि गित सार्वजनिक गरिएकाे छ । गीतलाई सेन्चुरीको अफिसियल युट्युवमार्फत सार्वजनिक गरिएको हाे ।

खेम सेन्चुरीको शब्द तथा संगीत रहेको गीतमा ओवि रायमाझी र रन्जिता गुरुङको रमाईलाे अभिनय तथा नृत्य देख्न सकिनेछ । सेच्नुरी र आलेको सहकार्यमा यो भन्दा पहिलापनि घरमुनिको तलाउ बजारमा ल्याईसक्नुभएकाे थियाे र दर्शकश्रोताले पनि उत्तिकै माया गरिदिनुभएकाे थियाे र यसपटक पनि माया गरिदिनुहुने आशा गरिएकाे छ ।

आाफ्नो प्रेमि र प्रमिकाको रुपरंगको बयान गरेको मिठो प्रेमिल भावलाई झल्काउने भिडियाे गितलाई सुरेश श्रेष्ठले छायांकन गरेका हुन् भने निर्देशन कपिल लामाले गरेका हुन् । पूरा भिडियाे गित हेर्नुहाेस् :