मान ब. बिश्ववकर्मा कालिकोट ||जिल्लाको शुक्खा क्षेत्र भनेर चिनिने पलातालाई स्थानिय तहले हरीयाली पलाँताको अभियान थालेको छ । पलाता गाउँपालिकाले १ बर्षमा १ लाख विरुवा रोप्ने अभियान चलाएको छ । शुख्खा पलाँता क्षेत्रमा १ घर १ नर्सरी उत्पादन सँगै यो आर्थिक मसान्तको अन्तिम सम्म ६ लाख विरुवा उत्पादन गर्ने पलाँता गाउँपालिकाले लक्ष्य लिएको छ।

पलाँता गाउँपालिकाका अध्यक्ष लक्ष्मण बहादुर बमले अवको अभियान हरीयाली पलाँता निर्माणमा रहेको बताउनु भयो । उहाँले पलाँतालाई शुख्खा पलाँताको हिसावमा चिन्ने ब्यक्तीले आफ्नो कार्यकालमा नै सितल छहारीको पलाँता भनेर चिनाउने गरि हरियो पलाँता निर्माण गर्ने प्रतीबद्धता ब्यक्त गर्नुभयो । पलाँता गाउँपालिकाले पहिलो प्राथमिकता बन क्षेत्रलाई दिने र शुख्खा डाड काडामा विरुवा रोपेर हरीयाली पलाँता निर्माण गर्ने अध्यक्ष बमको भनाई छ ।उहाँले भन्नुभयो, हिजो पलाँती भन्दा नराम्रो लाग्थ्यौ । आज पलाँता भन्दा गौरवको विषय बनेको छ । गाउँपालिकाको नाम नै पलाँता राखिएको छ । अव विकट पलाँता हैन । सुखी र समृद्धिको पलाँता भनेर देशभर चिनीने छ।


कुनै पनि नागरिकहरुले अव विकट पलाँता भनेर चिन्ने दिनको अन्त्य भएको र घुम्न जाउँ पलाँता भन्ने गरी पलाँताको विकास, निर्माण र समृद्धीमा पलाँता सरकार लागि परेको अध्यक्ष बमले बताउनु भयो । उहाँले जनयूद्ध दिवसको दिनमा पलाँतालाई गाडी उपाहार दियौँ अव नयाँ बर्ष २०७७ सालमा १५ सैयाको हस्पीटल उपहार दिने प्रतीबद्धता जनाउनु भएको छ । हिजोका दिनमा पलाँताका नागरिकहरु खान नपाएर भोकमारीको चपेटामा तड्पीएका थिय । उहाँले भन्नुभयो, आज आफ्नो बारीमा बैमौसीमा तरकारी उत्पादन गरि खान पाएका छन । कसैले भिक माग्नु परेको छैन । कसैले भौकै छाक टार्नु परेको छैन । पलाँताको विकास भएको छैन भन्नेले हिजोको पलाँता र आजको पलाँतामा तुलना गर्न पहिलो कदम उठाउनु पर्छ।


अध्यक्ष बमले आफु पलाँतामा राजनिति गर्न नभएर राजनितिक भविस्य निर्माण गर्न नभएर पलाँताको सेवा गर्नकय लागि आफु गाउँपालिकाको अध्यक्ष बनेको बताउनु भयो । उहाँले पलाँको विकासका लागि पलाँताको समृद्धिका लागि आफु लेबरको रुपमा काम गरेको बताउनु भयो । उहाँले पैशा कमाएर यस आरामको जिन्दगी जिउनका लागि अध्यक्ष बनेको हैन । पलाँको दुख पिडालाई सम्झेर पलाँता गाउँपालिकाको अध्यक्ष बनेको बमको भनाई छ।।