काठमाडौं । सरकारले बल्ल चीनमा रहेका नेपालीको उद्धार गर्दै छ । नोवल कोरोना भाइरसको उद्गम मानिने वुहानल सहरबाट उनीहरूलाई नेपाल ल्याउन लागिएको हो । त्यहाँ बन्दी जीवन बिताउन बाध्य १८० जनाले नेपाली दूतावासमा स्वदेश फर्किनका लागि निवेदन दिएका थिए । उनीहरूको पहिलो स्वास्थ्य परीक्षण स्थानीय विमानस्थलमै हुनेछ । कोरोना संक्रमण नपाइए यता ल्याएर पुनः त्रिभुवन विमानस्थलमा स्वास्थ्य जाँच गर्ने तयारी छ । यहाँ बिरामीको लक्षण देखिए सिधै अस्पताल लगेर आइसोलेसन वार्डमा राखिनेछ । सामान्य अवस्थामा दुई साता क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ ।