हरेक बर्ष झैं यस बर्ष पनि नेकपाले जनयुद्ध दिवस भनेर उतिवेला सुरू गरेकेा ससस्त्र युद्धकाे दिनलाइ सम्झेकाे छ।तर गत दुइ बर्ष अघि एक भएकाे नेकपाका अध्यक्ष केपी अेाली भने गत साल झैं यस साल पनि जनयुद्ध दिवसकाे कार्यक्रममा भाग लिएनन।उनले वुधवार सम्म कार्यक्रममा भाग लिने जनाएका थिए तर विहिवार धुम्वाराहीमा भएकाे कार्यक्रममा उनी जादै गएनन।बरू यस कार्यक्रममा अध्यक्ष दाहाल,उपाध्यक्ष वामदेव गाैतम भने गए।

अेालीले यस कार्यक्रममा नगएर जनयुद्ध दिवसलाइ मान्यता नदिएकाे प्रष्ट देख्न सकिन्थ्याे।

अेालीले यस कार्यक्रममा भाग नलिएर यस प्रति कुनै लगाव नभएकाे पनि प्रष्ट सन्देश दिएका छन।यस्ताे बेलामा उनले फागुन २ गते भने संसदमा विशेष सम्वाेधन गर्ने भएका छन । फागुन ३ गते सरकार गठनकाे २ बर्ष पुरा हुने भएकाेले यसकाे अघिल्लाे दिन उनले सम्वाेधनकाे तयारी गरेका हुन।सरकारले दुइ बर्ष पुरा हुदा पनि राम्राे काम गर्न सकेन भनर चाैतर्फी विराेध भइरहेकाे बेलामा उनले संसदमा सरकारले गरेकाे कामकाे वारेमा जानकारी गराउने छन।नेकपा केन्द्रिय कमिटीमा पनि सरकारकाे कामकाे वारेमा फेहरिस्त प्रस्तुत गरेका अेालीले संसदमा पनि यसवारेमा जानकारी गराउने तयारी गरेका छन।उनी केही समय यता देखि रक्षात्मक बन्दै गएका छन।