प्रधानमन्त्री केपी अेालीले नेपालमा कसैलाइ पनि नाेभल काेराेना भाइरस लागेकाे छैन भनेर भाषण गरेकाे अर्काे हप्ता तिब्बतसंग सिमाना जाेडिएकाे सिन्धुपाल्चाेककाे गुगल गाउपालिकामा २सय जनालाइ काेराेना भारइरससंग लक्षण मिल्ने राेग लागेकाे फेला परेकाे छ।गाउपालिकाले सरकारलाइ पत्र लेख्दे याे राेग काेराेना भाइरस हाे कि हाेइन भनेर पहिचान गर्न सहयाेग मागेकाे छ।सिंगै गाउमा याे राेग लागेकाे शंका गरिएपछि अब नेपालमा हंगामा भएकाे छ।

गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत लाेकवहादुर विसीले माघ २७ गते वागमती प्रदेश सहित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाइ लेखेकाे पत्रमा काेराेना भाइरस भएका विरामीलाइ जस्तै राेगकाे लक्षण भएकाे उल्लेख गरेका छन।उनले रूघा लाग्ने,ज्वराे अाउने लगायतकाे समस्या भएकाे बताएका छन।

चीनकाे वुहानबाट फैलिएकाे याे राेगकाे कारण करिव एक हजार मानिसकाे ज्यान गइसकेकाे छ।साेमवार एकै दिन ९७ जनाकाे ज्यान गएकाे थियाे।चीनमा याे राेगकाे नियन्त्रणमा पर्याप्त सावधानी नअपनाइएकाे भन्दै स्वास्थ्यकर्मीलाइ समेत सजाय दिइएकाे छ।

नेपालमा पनि सुरूवाती दिनमा २ जनालाइ याे राेगकाे लक्षण देखिएकाे थियाे तर पछि विरामी ठिक भएका थिए।तर गत साता मात्र चिनबाट सात सय भन्दा बढी यात्रु नेपाल भ्रमणमा अाएपनि नेपालले उनीहरूकाे स्वास्थ्य जाँच समेत गरेकाे थिएन।