"> दिल्लीमा आम आदमीको पल्ला भारी ! – www.agnijwala.com

दिल्लीमा आम आदमीको पल्ला भारी !

दिल्लीमा शनिबार सम्पन्न विधानसभा चुनावमा झन्डै ६७ प्रतिशत मत खस्यो । एग्जिट पोलका अनुसार विकासको मुद्दामा चुनाव लडेको आम आदमी पार्टीलाई सहज जित मिल्ने देखिएको थियो ।

दिल्ली विधानसभा चुनावको प्रारम्भिक नतिजामा सत्ताधारी दल आम आदमी पार्टी (आप)को अग्रता देखिएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार दिल्ली विधानसभाका ७० सिटमध्ये आपले ५४ स्थानमा अग्रता बनाएको छ। यस्तै, भारतीय जनता पार्टी (भाजपा)ले १५ र कांग्रेस आईले १ स्थानमा अग्रता बनाएका छन्।

नयाँ दिल्ली सिटमा मुख्यमन्त्रीसमेत रहेका आपका अरविन्द केजरीवालले ५५ सय मतको अग्रता लिएका भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

गत शनिबार सम्पन्न चुनावमा ६२.५९ प्रतिशत मतदान भएको थियो।

यसअघि सन् २०१५ मा भएको चुनावमा आपले ६७ र भाजपाले ३ सिटमा जित हासिल गरेको थियो।

मतदान सम्पन्न भएपछि आएका अधिकांश एग्जिट पोलमा मुख्यमन्त्री अरविन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टी (आप) ले ठूलो जित हात पार्ने पूर्वानुमान गरिएको थियो । केही सर्वेक्षणहरूमा आम आदमी पार्टीले सन् २०१५ मा सम्पन्न निर्वाचनमा प्राप्त नतिजा दोहो¥याउने संकेत गरिएको थियो । उक्त निर्वाचनमा आम आदमी पार्टीले ७० विधानसभा सिटमा ६७ सिटमा जित हात पारेको थियो ।-द वायर हिन्दी

Leave a Reply

Your email address will not be published. Required fields are marked *