हिमालय कलेज अफ ईन्जिनियरिङ्गको दादागिरी विरुद्ध  नेकपा निकट बिद्धार्थी संगठन अनेरास्ववियूले बिगत दश दिन देखि गरेको तालाबन्दी अझ पनि खुल्न सकेको छैन्।

योग्य शिक्षक छनोट गरिनु पर्ने, पुस्तकालयमा नयाँ संस्करणको र प्रयाप्त रिफरेन्स बुक्स उपलब्ध गराइनु पर्ने, पठनपाठनमा सहजताका लागि प्रोजेक्टरको ब्यबस्था तथा बिगतमा हुने बाहिरी तत्वको हुलहुज्जत, गुण्डागर्दी निगरानी गर्नका लागि सुरक्षाको दृश्टिकोणले सिसी टिभी जडान गरिनु पर्ने ,बिद्धार्थीहरु बीच अन्तरक्रियाका लागि तत्काल हलको ब्यवस्था तथा सफा क्यानटिन, प्राथमिक स्वास्थ्य उपचार तथा वाई फाईको सुविधा जस्ता  १८ बुदे  मागहरु बिद्धार्थीको प्राथमिकतामा परेका छन्। बिद्धार्थीका शैक्षिक मागहरु पुरा गर्न सकिने खालका भएपनि उल्टो कलेज प्रशासनले पठनपाठन अवरुद्द पार्दै अनिश्चितकालका कलेज बन्द गराएको अनेरास्ववियू हिमालयका  जुजारु नेता भिमार्जन कार्की र कौशल राउत ले बताए।

बिद्धार्थीलाई पुलिस प्रशाषण प्रयोग गरेर दादागिरी देखाउने  काम गरिरहेको छ। बिद्धार्थीका अभिभावकलाई फोन गरेर थप प्रताडित गर्ने कार्य गरिरहेको छ।कलेज प्रशाषण र बिद्धार्थीको सरोकारको क्षेत्रमा प्रहरी लगाएर धरपकड गराउने र प्रहरी प्रशाषनसँग वार्ता गराउने खेल मान्य नहुने र हाम्रो माग प्रहरीबाट कदापी पूरा हुन नसक्ने हुनाले कलेज प्रशासनसंग वार्ता गर्न आँफूहरु तयार रहेको अनेरास्ववियूका नेता आशिष श्रेष्ठले ले बताए।