काठमाडौ । आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत आज नेपालमा त्रिकोणात्मक एकदिवसीय सिरिज शुरु हुने भएको छ । नेपाल, ओमन र अमेरिकाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज त्रिवि मैदान कीर्तिपुरमा हुने भएको छ । पहिलो दिनको पहिलो खेल आयोजक राष्ट नेपाल र ओमानबीच हुने भएको छ ।

कप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा नेपाली टोली मैदानमा उत्रिने भएको छ । ओमानसँग पहिलो खेल नेपालका लागि जितेमा निकै उपयोगी सावित हुनेछ । दुवै राष्ट निकै पेचिला प्रतिस्पर्धी हुन् । नेपाली टोलीले घरेलु मैदानमा तिव्र अभ्यास गरेको छ भने अमेरिकाले भारतमा अभ्यास खेल खेलेर नेपाल आएको छ ।

माघ २९ गतेसम्म चल्न सिरिजमा २३ गते ओमन र अमेरिका, २५ गते नेपाल र अमेरिका, २६ गते नेपाल र ओमान, २८ गते अमेरिका र ओमन तथा २९ गते नेपाल र अमेरिकाबीच प्रतिस्पर्धा हुनेछ।