बैंक अफ काठमाण्डू र सिद्धार्थ विजनेश ग्रुप अफ हस्पिटालिटी प्रा. लि. बीच छुट सम्बन्धि सम्झौता भएको छ । सम्झौतामा सोमबार कार्ड विभाग प्रमुख अमर राजभण्डारी र सिद्धार्थ ग्रुपका ब्यापार विभागका निर्देशक प्रभाकर खडकाले हस्ताक्षर गरे ।

उक्त सम्झौतासंगै बिओकेको मोबाईल बैंकिङ्ग र डेबिट तथा क्रेडिट कार्डको माद्यमबाट भुक्तानी गर्दा ग्राहकहरुलाई १०% को छुट उपलब्ध हुने छ।

यस सम्झौता पश्चात् सिद्धार्थ विजनेश ग्रुप अफ हस्पिटालिटी प्रा. लि.को ६ होटल, ३ रिसोट, ५ रेस्टुरेन्ट तथा ५ क्याफेहरुमा छुट उपलब्ध हुनेछ ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।