शुक्रवार अचानक नेपाली कांग्रेसका महामन्त्री डा.शशांक काेइराला र अब सभापति उठछु भनेर अभियान चलाउदै हिडेका डा.शशांक काेइराला सिन्धुली पुगे।दुवै काेइरालाका हजुरवा कृ्ष्णप्रसाद काेइराला जन्मेकाे पहाडकाे घर पुगेपछि उनीहरू भावुक भए।सिन्धुलीकाे दुम्जामा रहेकाे काेइरालाकाे पुरानाे ढुंगा र माटाेकाे निवास हाल भत्केर केही अंश मात्र वाकी छ।तर,दुम्जा पुगेपछि भने उनीहरूले भावुक भएर यस घरकाे संरक्षण जरूरी छ भनेर सम्झिए।र,राेचक पक्ष के छ भने वीपी काेइराला जन्मेकाे विराटनगरकाे काेइरालानिवास समेत भाग वण्डा गरेर तितरवितर भएका काेइरालाद्धये दुम्जाकाे याे घर संरक्षणकाे लागि भने प्रतिवद्धता जनाएका छन।दुम्जाकाे धरणीधर डाँडामा रहेकाे याे घर संरक्षण गर्ने उनीहरूकाे भनाइ थियाे।याे घर भने २०७२सालकाे भुकम्पमा परि ध्वस्त भएकाे थियाे।