मान ब. बिश्वकर्माकालिकोटको खाँडाचक्र नगरपालिका का धामीले छाउपडी नमान्ने प्रतिबद्धता गरेका छन् । नगरपालिकामा शुक्रवार आयोजना गरिएको छाउपडि प्रर्था विरुद्ध धामिझाक्रि लाई सुचेतना कार्यक्रममा छाउपडीका मुख्य गण मानिने देउताका धामी र गाउँका ‘ठालुले छाउपडी प्रथा नमान्ने सामूहिक प्रतिबद्धता गरेका हुन् ।

देवता मान्छाै छाउ मान्दैनौँ, महिनावरि भएकि छोरि चेलिलाई घरमै राख्ने गरेका छौ , खाँडाचक्र नगरपालिका— ७ पिलिका धामि हंस बहादुर मल्लले बताए । उनले, ‘हामो्र ठाँउमा देवता मान्ने चलन व्याप्त छ, छाउमान्ने चलन हराउदै गईसक्यो।  यस्तै कार्यक्रममा सहभागि अर्का खाँडाचक्रकै धामि लिला पाण्डेले म आफैँ देउताको धामी छु तर तपाईँहरु कसैलाई घरमै छाउपडी बसालेकै भरमा देउता लाग्यो भने त्यसको जिम्मेवारी स्वयं म आफैँ धामीले लिने र कुनै घण्ट चढाउनु परे पनि म कहाँ आउनु होला, तपाईँहरु ढुक्क भएर छाउगोठ भत्काएर घरमै बस्नुहोस,’ धामी पाण्डेले भने ।

यसअघि गाउँमा परम्परागत सोच र पुरानो थितिअनुसार चले पनि हालै आएको कानूनले नमान्ने भएपछि सबैले छाउगोठ हटाइ सफा कोठामा बस्दा देउता पनि नलाग्ने र महिला पनि असुरक्षित नहुने भएकाले गाउँका सबै स्थानीयलाई छाउपडी प्रथा नमान्न सल्लाह दिने गरेको धामि पाण्डेले बताए।

कार्यक्रममा नगर प्रमुख जसिप्रर्साद पाण्डेले छाउपडी प्रथा न्यूनीकरणमा  नगरपालिकाले, छाउगोठ हैन , पहिला त छाउ मन भत्काउन सुरु गरेको बताए । जिल्लाका विभिन्न क्षेत्रमा छाउगोठ भत्काउने अभियान सुरु गरेपनि आफुहरुले, छाउ गोठ हैन छाउ मनहरुलाई विभिन्न किसिमका तालिमहरु दिएर सचेतना मार्फत छाउमनलाई परिर्वतन गर्न लागिरहेको बताए । यस्तै ,उप प्रमुख विजया विस्टले, छाउगोठ भत्काएर पनि महिनाहोरि भएकाहरुले छावो्र हालेर वाहिरै वस्ने गरेका छन ।।

छानामा झन् असुरक्षित हुने गरेको भेटिएको हुनाले, हामिहरुले पहिला नगरभित्रका धामि,जोतिश, किशोरिलाई महिला सुरक्षा कार्याक्रम अन्र्तरगत सचेतना कार्यक्रम दिन सुरु गरेका छौँ ।यस्तो बेलामा घरभन्दा बाहिर बनाइएको झुपडीमा बस्दै आएका सुत्केरी वा रजस्वला भएकी नारीलाई अबदेखि घरमै बस्ने वातावरण मिलाउने र भएका सबैछाउगोठ भत्काउन लगाउने विस्टले बताईन । छुईका कारण अलग्गै बसेका बेला महिलामा पटकरपटक अप्रिय घटना हुन थालेपछि यहाँका महिला चिन्तित छन् । विशेषगरी बाहुन, क्षेत्री, मगर, ठकुरी परिवारका महिला यो परम्पराबाट पीडित छन् ।सुत्केरी भएको २२ दिनसम्म र महिनावारी भएको सात दिनसम्म घरदेखि टाढाको छाप्रोमा बस्नुपर्ने बाध्यता रहेको छ ।