काठमाडौं । प्रतिबन्धित विप्लव (नेकपा)ले विवादित मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताविरुद्ध आन्दोलन गर्ने भएको छ । नेकपाले आगामी माघ ५ देखि २५ सम्मको आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै एमसीसी सम्झौता पारित गरिए नेपाल बन्दका कार्यक्रमसम्म गर्ने जनाएको हो ।

नेकपाले एमसीसी सदनबाट पारित गरिए व्यापक जनताको सहभागितामा देशव्यापी भण्डाफोर आन्दोलन गर्ने चेतावनी दिएको छ । बिहिबार सार्वजनिक गरिएको आन्दोलनका कार्यक्रममा नेकपाले अमेरिकी दुतावास, संयुक्त राष्ट्रसंघको कार्यालय र नेपाल सरकारलाई ज्ञापनपत्र बुझाउने छ ।

नेकपाले पक्राउ परेका नेता तथा कार्यकर्ताहरुको रिहाईको माग गर्दै पक्राउ नेता तथा कार्यकर्ताहरुको फोटो प्रदर्शन गर्ने भएको छ ।

यस्ता छन् नेकपाका आन्दोलनका कार्यक्रम

नेकपाको १५ दिने कार्यक्रम
माघ ५ गते सरकारलाई ज्ञानपनपत्र दिने
माघ १० गते अमेरिकी दूतावासलाई ज्ञापनपनपत्र दिने
माघ १२ गते संयुक्त राष्ट्रसङ्घको कार्यालयमा ज्ञापनपनपत्र दिने

देशव्यापी जनसङ्घर्षका कार्यक्रम
माघ १० गते बन्दीहरूको रिहाइका निम्ति तस्बिरसहित प्रदर्शन
माघ १६ गते सहिद दिवस मनाउने
मघ १८ गते महँगीविरुद्ध प्रदर्शन
माघ २० गते खुला सांस्कृतिक कार्यक्रम
माघ २५ गते देशव्यापी अन्तरक्रिया