काठमाडौंको स्वयम्भू सानो भऱ्याङमा आज साँझ बम विष्फोट भएको छ । ठूलो आवाजका साथ विष्फोट भएको स्थान शोभाकान्त ढकालको घर भएको बुझिएको छ ।

ढकाल तिनै व्यक्ति हुन् जसको नाम बालुवाटार जग्गा प्रकरणमा भूमाफियाको रुपमा चर्चित रहेको छ ।

बम विष्फोटबाट पुगेको क्षतिबारे एकीन विवरण प्राप्त भइसकेको छैन । एक कारमा क्षति पुगेको प्रारम्भिक जानकारी मिेलेको छ । घटनाको जिम्मेवारी कसैले लिएको छैन । प्रहरीको आशंका भने प्रतिबन्धित नेकपामाथि रहेको बुझिएको छ ।