"> विप्लवको जनसभा मार्फत सार्वजनिक हुने तयारी,जनयुद्ध दिवस मनाउने – www.agnijwala.com

विप्लवको जनसभा मार्फत सार्वजनिक हुने तयारी,जनयुद्ध दिवस मनाउने

सरकारको प्रतिबन्धकै बीच विप्लव नेतृत्वको नेकपाले काठमाडौंलगायत देशभर विभिन्न कार्यक्रम गरी २५ औँ जनयुद्ध दिवस भव्यतापूर्वक मनाउने भएको छ ।

देशैभर सङ्गठन सुदृढीकरण तथा विस्तार अभियानमा होमिएको नेकपाले अभियानकै सिलसिलामा जनयुद्ध दिवस मनाउन लागेको जानकारी प्राप्त भएको छ । सरकारको प्रतिबन्धकाबीच विप्लव नेकपाले काठमाडौंमा विशाल जनसभा गर्नुले बिप्लप आफै सार्वजनिक हुने बुझिएको छ।

जनयुद्ध दिवसका अवसरमा देशैभर खुला कार्यक्रम र काठमाडौँमा केन्द्रित ठूलो जनसभा आयोजना गरिने भएको छ । नेकपाका नेताहरू खुला सार्वजनिक कार्यक्रममा सहभागी नभइरहेको अवस्थामा नेकपाले काठमाडाँैमा खुला जनसभा गर्ने र उक्त सभालाई शीर्ष नेताहरूले सम्बोधन गर्ने बताइएको छ ।

तत्कालीन नेकपा (माओवादी) ले हतियार उठाएर सशस्त्र जनयुद्ध सञ्चालन गरेको २४ वर्ष पूरा भएर २५ वर्ष लागेको अवसरमा २५ औँ जनयुद्ध दिवस देशव्यापी रूपमा मनाउन लागिएको जानकारी नेपाल कम्युनिस्ट पार्टीले दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

..........................स्वच्छ, निष्पक्ष र मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज विहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको विचार,भावना र कुरालाई पत्रकारिता मार्फत बाहिर ल्याउने यस अनिज्वाला डट कमको उदेश्य हो ।