सेलपे सेवाले नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशनबमोजिम आफ्नो मासिक कारोबारको सीमा रकम अद्यावधिक गरेको छ ।

नेपाल राष्ट्र बैंकद्वारा प्रकाशित भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन २०७६ अनुसार ग्राहकवर्गले सेलपेबाट पीटुपी रकम स्थानान्तरण एक पटकमा २५ हजार रुपैयाँ, दैनिक १ लाख रुपैयाँ र मासिक ५ लाख रुपैयाँसम्म गर्न सक्नेछन् ।

सेलपे सेवाबाट वास्तविक समयमा भुक्तानी, विनावालेट कारोबार गर्न सकिने, सुरक्षित, लोयाल्टी पोइन्ट्सलगायत सेवाहरू लिन सकिन्छ ।

यस्तै, सेलपेद्वारा दूरसञ्चार सेवा, बिजुली, खानेपानी, टीभी, इन्टरनेटको महसुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर गर्न सकिने सेलपेले जनाएको छ ।

यस सेवामार्फत हुने सम्पूर्ण कारोबार बैंकिङ प्रणालीमार्फत सम्पन्न हुने र सेलपे सेवासँग आवद्ध बैंकका ग्राहकहरूले सहज रूपमा यो सेवा लिन सक्नेछन् । सेलपे सेवा गुगल प्लेस्टोर तथा एप्पल एपस्टोरमा उपलब्ध छ ।