पाटन उच्च अदालतले पूर्वसभामुख कृष्णबहादुर महराको काठमाडौं जिल्ला अदालतमा विचाराधीन करणी उद्योगसम्बन्धी मुद्दा एक महिनाभित्र किनारा लगाउन आदेश गरेबमोजिम आज आइतबारको निम्ति पेशी तोकिएको छ ।

मुद्दा काठमाडौंका तत्कालिन मुख्य न्यायाधीश सुदर्शनराज पाण्डेले हेरेका थिए । उनी बढुवा भएर उच्च अदालत गइसकेका छन् । अब यसलाई अर्का मुख्य न्यायाधीश अमरप्रसाद पौडेलले हेर्नुपर्ने भएको छ । अर्का न्यायाधीशले स्वतन्त्र न्याय दिने महरा निकट श्रोतले बताएको छ।किनकि  उनी उमेरहदका कारण माघ अन्तिममा अवकास हुँदैछन् । त्यसैले अब कतै सरुवा वा बढुवा भएर जानु नपर्ने, कसैसँग डराउनु, हच्किनु पर्ने अवस्था नभएको कारण देखेको, लागेको, पुगेको र कानुनले ठहयाएबमोजिम निर्णय गर्न कुनै कठिनाई छैन ।