संसद बन्धक बनिरहेका बेला उपसभामुख शिवमाया तुम्वाहाङफ्ेले आज नेकपाका दुई अध्यक्षसँग भेट गरेकी छिन् । प्रधानमन्त्री निवास बालुवाटारमा उपसभामुख तुम्बाहाङफेले दुई अध्यक्षसँग भेट गरेकी हुन् । संसद सञ्चालका बिषयमा दुई अध्यक्षसँग भेटवार्टा गरेको उनले बताएकि छिन् । संसदको काम कारवाहीका बिषयमा छलफल भएको स्रोतले बताएको छ ।

नेकपाभित्र सभामुख पद पूर्वएमाले पक्षले पाउने कि पूर्वमाओवादीले पाउने भन्ने विषयले सभामुखको चयन हुन सकेको छैन । आइतबार संसद अधिबेशन बोलाइएको छ । त्योभन्दा अघि नै सभामुख चयनको बिषय टुंगो लगाउनु पर्ने बाध्यता नेकपालाई रहेको छ ।

पार्टी एकतापूर्व भएको शक्ति बाँडफाड अनुसार सभामुख पद पूर्वमाओवादी पक्षले पाउनु पर्ने अडानमा दाहाल छन् भने प्रधानमन्त्री ओली सुवास नेम्वाङलाई सभामुख बनाउनुपर्ने पक्षमा उभिएका छन् । राष्ट्रपति बिद्यादेवी भण्डारी उपसभामुख तुम्बाङफे्लाई सभामुख बनाउनु पर्ने पक्षमा छिन् ।

दुई अध्यक्ष भेटेर फर्केकि तुम्बाहाङफे हसिलो मुद्रामा सिंहदरवार पुगेकी छिन् । सिंहदरवार पुगेलगतै उनले संसद बैठकका बिषयमा छलफल शुरु गरेकी छिन् ।