पुर्वराजा ज्ञानेन्द्र शाहले जनतालाई नमस्ते गरेको धेरै देखियो अनि सुनियो पनि तर आजकालका  गणतन्त्रवादी नेताले जनताले नमस्ते गर्दा पनि नदेखिएको जस्तो गर्ने बानी बसिसकेको छ। आज हामीले राजाले अपनाउनु भएको शैली लाई केही कोट्याउन्छौ ।

पुर्वराजा ज्ञानेन्द्र मंसिर अन्तिम साता देखि पुर्वी नेपालकाे भ्रमणमा छन।लामाे भ्रमणपछि केवल पाँच दिनकाेलागि उनी वुधवार राजधानी काठमा्डाै फर्कंदै थिए तर अचानक झापाकाे चन्द्रगढी एयरपाेर्टमा भेट भाे,कांग्रेसका गणतन्त्रवादी नेता चन्द्र भण्डारीसंग।एयरपाेर्टमा भेट भएका भण्डारीलाइ देख्ने वित्तिकै पुर्वराजा शाहले नमस्ते गरे।

गणतन्त्रिक अान्दाेलनमा उनै राजालाइ सामन्ती भनेर सत्ताेसराप गरेका भण्डारी यसपछि नतमस्तक भए।राजाबाट नागरिक भएका ज्ञानेन्द्र शाहकाे नम्रता र संस्कार देखेपछि भण्डारी यति पुलकित भए कि उनले याे कुरा राेक्न सकेनन र उनले सामाजिक सञ्जालमा नै लेखे।उनले यस्ताे लेखेका छन-पुर्वराजा आदरणीय श्री ज्ञानेन्द्र शाह संग भद्रपुर विमान स्थलमा भेट भयो । उहाँहरु काठमाण्डु फर्कने क्रममा हुनुहुदो रहेछ । पहिले नमस्ते पाउदा असजिलो लाग्यो । सिष्ट स्वभाव मिठो बोली का साथमा नेपालको एक सस्कृतिको प्रतिनिधित्व गरेको महसुस भयो ।

हिजाे सामन्ती राजा र सामन्ती परिवार भनिएकाे नै यति नम्र र भद्र भएपछि भण्डारी चकित भएका हुन।कांग्रेस कम्युनिष्ट पार्टीका नेताहरू नेता तथा कार्यकर्ताले गरेकाे नमस्कार समेत स्विकार गर्दैनन र अन्तै फर्किएर हिंडछन तर पुर्वराजा स्वयमले भने नेता भण्डारीलाइ नमस्ते गरे।पुर्वराजा पाच दिन राजधानी बस्नेछन र यसपछि पुन पुर्वकाे भ्रमणमा निस्कनेछन।