सत्तारूढ दल नेकपामा सभामुख कसलाइ बनाउने भन्ने विषयमा कुरा मिलेकाे छ। महिना दिन देखि सहमति हुन नसकेर विवाद भइरहेकाे सभामुख अब भने सुवास नेम्वाङलाइ नै बनाउने सहमति भएकाे वुझिएकाे छ।

नेकपा स्राेतका अनुसार,पुर्वमाअेावादी खेमाबाट नै सभामुख हुनुपर्छ भनेर अडान लिइरहेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सभामुख पुर्वएमालेलाइ दिन सहमत भएका छन। तर उनले याे सहमति यतिकै गरेका भने हाेइनन।प्रचण्डले सभामुख सुवासलाइ बनाउने सहमति अर्थमन्त्रीसंग साटेकाे बताइएकाे छ। अर्थमन्त्री डा.युवराज खतिवडालाइ फागुनबाट मन्त्रीबाट हटाएर अमेरिकाकाे राजदुत बनाउने र उनकाे ठाउँमा पुर्वमाअेावादीबाट नारायणाकाजी श्रेष्ठलाइ अर्थमन्त्री बनाउने सहमति भएकाे छ।यहि सहमतिकाे भरमा प्रचण्ड पछि हटेकाे बताइएकाे छ।