काठमाडौं। गरिमा विकास बैंकले बुधबार सैनामैना नगरपालिका मुर्गियामा शाखा खोलेको छ।

सैनामैना नगरपालिकाका मेयर चित्रबहादुर कार्कीले शाखा उद्घाटन गरे। बैंकका अध्यक्ष चन्द्रकान्त बरालले उद्योगिक क्षेत्रको सम्भावना बोकेको क्षेत्रलाई लक्षित गर्दै शाखा खोलेको बताए। बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले मुर्गिया शाखाबाट ग्राहकले सम्पूर्ण सेवा पाउने बताए।