मान ब. बिश्वकर्मा

कालीकोट – जिल्लाकाे नरहरीनाथ गाउँपालिकामा छाउपडी प्रथा न्युनिकरण गर्न नसकिएको रहस्य बाहिरीयपछि जिल्ला प्रहरी कार्यालय कालीकोटको एक टोलीले छाउगोठ भत्काएकाे छ।  विहिबारदेखि छाउगोठ भत्काउने अभियान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख श्याम बाबु ओलियाले जानकारी दिनुभयाे ।महिलाहरु रजस्वला भए पछि प्रयोगमा आउने छुइ गोठहरु स्थानिय तहका जनप्रतिनिधी र स्थानियवासीकाे सक्रएतामा  भत्काईएकाे उनले बताए ।

 महिलाहरुमाथि हुने हिंसाजन्य घटनाबाट बचाउन र महिलाहरुको स्वास्थ्य तथा शारिरीक अवस्थालाई मध्यनजर गर्दै छाउगोठ भत्काए हाे ।विहिबारदेखी सुरु गरिएको अभियानमा १५ वटा छाउगोठ प्रहरी चौकी लालु, इलाका प्रहरी चौकी कुमालगाउँ र जिल्लास्तरिय प्रहरी टोली र स्थानियवासीकाे सक्रएतामा भत्काएको छ ।छाउगोठ भत्काउँदा छाउगोठमा बस्दै आउने महिलाहरु धेरै खुसी देखएकाछन् ।

 छाउगोठमा वस्दा  स्वास्थ्यमा हानिहुने,बिभिन्न रोगहरुले संक्रमण  गर्ने भएकाले महिलाहरुकाे स्वास्थ्य कमजोर हुने हुदा छाउगोठ नै भत्काए पछी महिलाहरु  रजस्वला वा,छाउहुदा गोठमाबस्न नपाउने भएकाछन् ।  १५ वटा मात्र छाउगोठ नभएको र यस पालिका भित्र लुकेर रहेका अन्य छाउगोठहरुकाे खोजि गरि  छाउगोठ भत्काउँने र अभियान जारीरहेकाे प्रहरी प्रमुख श्याम बाबु ओलियाले जानकारी दिनुभयाे।