स्वर्गकी अप्सरा मानिने मुगुकाे रारा तालमा शुक्रवार देखि परेकाे हिउँले झन माेहक वातावरण बनाइदिएकाे छ।उसै पनि दिनै अनेक पटक रंग बदल्ने रारा तालमा हिउँ परेपछि कस्ताे भयाे हाेला ? हिउँले यति मनमाेहक भएकाे छ कि ताल र ताल वरिपरि रहेकाे स्थान ढपक्कै हिउँले ढाकेकाे छ।


रारामा पुगेका पर्यटक यसरी परेकाे हिउँ खेलेर रमाउन थालेका छन।
हिउँले ढाकेकाे रारा तालका ताजा दृश्य यस्ता छन।