नेपाल चिकित्सक संघको निर्वाचनका लागि स्वतन्त्र सहित ३ समूहबाट उम्मेदवारी दर्ता भएको छ ।  शुक्रबार बिहान १० बजेबाट सुरु भएको उम्मेदवारीको समय शनिबार दिउँसो एक बजे सम्मका लागि तय गरिएको थियो । १३ पदका लागि हुने निर्वाचनमा ३१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रजातान्त्रिक समूहबाट डा.लोचन कार्कीको नेतृत्वमा उम्मेदवारी दर्ता भएको छ भने प्रगतिशिल समूहबाट डा.पुष्पमणी खरालको नेतृत्वमा उम्मेदवारी दर्ता भएको छ । यस्तै डा. दिपेन्द्र पाण्डे सहितका केहि डाक्टरले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका छन् ।  माघ ४ र ५ गते काठमाडौं बाहिरका लागि निर्वाचनको मिति तोकिएको छ भने माघ १७ देखि २१ गतेसम्म काठमाडौं उपत्यकामा निर्वाचन हुनेछ । आगामी माघमा हुने निर्वाचनबाट संघको २८ औं केन्द्रीय कार्यकारिणी समिति चयन गर्नेछ । यसपालि संघको चुनावमा झन्डै ९ हजार बढी डाक्टर मतदाता छन।