काठमाडौं । शक्तिशाली पश्चिमी वायु नेपाल प्रवेश गरेका कारण देशभर मौसम बदली भई केही स्थानमा उच्च बर्षा हुने भएको छ । कम्तिमा ३ दिन नेपालमा भारी बर्षा, उच्च पहाडी र हिमाली क्षेत्रमा भारी हिमपातको सम्भवाना रहेको भन्दै मौसम पूर्वानुमान महाशाखाकाले सर्वलाई सजग रहन आग्रह गरेको छ ।

३ दिन देशैभर मौसम बदली गराई केही स्थानमा वर्षा तथा उच्च पहाडी र हिमाली भेगमा भारी हिमपात हुने सम्भावना महाशाखाले जनाएको छ । बुधबार साँझ नेपालको पश्चिमी क्षेत्रबाट पश्चिमी वायुबाट न्यून चापीय प्रणाली प्रवेश गरेको हो। नेपालका पश्चिमी उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपात हुने सम्भावना छ।

बिहीबार अझै मौसम खराव हुने भएको छ । देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली भूभागमा समेत हल्कादेखि मध्यमसम्म हिमपातको सम्भावना रहेको महाशाखाले जारी गरेको बिज्ञप्तीमा भनिएको छ ।

देशैभरी बदली भएका कारण अधिकतम र न्यूनतम तापक्रममा गिरावट आई देशैभरी चिसो बढ्ने भएको छ ।