सरकारले सागमा पदक बिजेता खेलाडीलाइ पुरस्कारकाे घाेषणा गरेकाे छ।बुधवार प्रधानमन्त्रीले वालुवाटारमा विजेता खेलाडीलाइ बाेलाएर पुरस्कारकाे घाेषणा गरेका हुन।सागमा जितेका खेलाडीकाे पदक हेरि पुरस्कार घाेषणा गरिएकाेछ।सरकारले स्वर्ण पदक जितेका खेलाडीलाइ ९ लाख दिने घाेषणा गरेकाे छ।तर,यहि सागमा एक भन्दा बढी स्वर्ण पदक जित्ने खेलाडीलाइ भने ११ लाख रूपैया दिने घाेषणा सरकारले गरेकाे छ।

यस्तै,प्रतियाेगीतामा रजत पदक बिजेता खेलाडीलाइ ६ लाख रूपैया दिने घाेषणा पनि सरकारले गरेकाे छ।कास्य पदक विजेता खेलाडीलाइ भने ३लाख रूपैया दिइने भएकाे छ।

याे साग प्रतियाेगीतामा नेपालले ५१ स्वर्ण पदक जितेकाे थियाे।एकै संस्करणमा गाैरिका सिहले चार स्वर्ण जितेकी छिन भने तेक्वादाेमा अायशा शाक्यले दुइ स्वर्ण जितेकी थिइन।यस्तै नेपालले ६० रजत पदक र ९५ कास्य गरि कुल २०६ पदक जितेकाे थियाे।