काठमाडौं- १३ औं दक्षिण एसियाली खेलकुद सागअन्तर्गत पुरुष फुटबलमा बंगलादेशविरुद्ध जित निकाल्दै नेपाल फाइनल प्रवेश गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले बंगलादेशविरुद्ध १–० गोलको जित निकालेको हो। नेपालका लागि सुनिल बलले खेलको ११ औं मिनेटमा गोल गरेका थिए।

उनले कप्तान सुजल श्रेष्ठको पासमा गोल गरेका हुन्।

नेपालले अब स्वर्ण पदकका लागि पर्सि मंगलबार भुटानसँग प्रतिस्पर्धा गर्नेछ।