काठमाण्डाैं,मंसिर २० गते । नेपालकाे सिमा मिचिएकाे बारेमा भारतसंग कुरा गर्न प्रधानमन्त्री केपी अेालीले पार्टीका बरिष्ठ नेता तथा पुर्वप्रधानमन्त्री माधव नेपाललाइ जिम्मा दिएका थिए।उनकाे साथमा अर्काे नेता पनि थिए,नारायणकाजी श्रेष्ठ ।तर,वार्ताकाे लागि नया दिल्लि जान ठिक्क परेका माधव नेपाललाइ त्यतिवेला धक्का लाग्याे जब भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले भेटने समय नै दिएनन।यसपछि उनकाे भारत यात्रा यतिकै तुहियाे।नेपालकाे कालापानी देखि लिम्पियाधुरासम्मकाे जमिन भारतकाे नक्सा भित्र पारेर माेदीले नया नक्सा जारी गरेपछि अहिले सरकारलाइ याे जमिन नेपालकाे हाे भनेर भनाउने ठुलाे जिम्मा छ।तर,प्रधानमन्त्री अेालीले सार्वजनिक रूपमा यसवारेमा वाेले तर काम चाहि गर्न सकेका छैनन।भारत भ्रमण हुन नसकेपछि नेता नेपाल अहिले तराइ भ्रमणमा निस्किएका छन।