काठमाडौं । घरेलु भूमिमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को दोस्रो दिन सोमबार नेपालले १५ स्वर्ण पदक जितेको छ ।नेपालले विभिन्न तीन खेलमा १५ स्वर्णपदक जितेको हो । र, नेपाल तालिकाको शीर्ष स्थानमा रहेको छ ।

त्यस्तै कराँतेमा २ र तेक्वान्दोमा १ रजत जितेको नेपालले तेक्वान्दोमा ३ र ट्रायथलनमा १ कास्य पदक पनि जितेको छ ।

यी हुन नेपाललाई स्वर्ण जिताउने खेलाडी:

१ कराँते (एकल काता) -मण्डेकाजी श्रेष्ठ

२ कराँते (टिम काता, महिला)

३ कराँते (टिम काता, पुरुष)

४ कराँते (५५ केजी) लक्ष्मण तामाङ

५ तेक्‍वान्दो पुम्से (२३-२९ वर्ष) कमल श्रेष्ठ

६ तेक्‍वान्दो पुम्से (१७(२३ वर्ष) सिना मादेन लिम्बु

७ तेक्‍वान्दो पुम्से (२३-२९ वर्ष) पार्वती गुरुङ

८ तेक्‍वान्दो पुम्से (२९ वर्षमाथि) आयशा शाक्य

९ ट्रायथलोन-सोनी गुरुङ

१० तेक्‍वान्दो-पार्वती गुरुङ

११ कराँते-विप्लव श्रेष्ठ

१२ कराँते-अनु अधिकारी

१३ कराँते-कुसुम खड्का

१४ तेक्‍वान्दो पुम्से-आयशा शाक्यरसञ्जीवकुमार ओझा

१५ तेक्‍वान्दो २३ वर्षमाथिको टिम इभेन्ट